उपसभामुखमा ठाकुरलाई समर्थन गर्दै कांग्रेसले भन्योः रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छौँ
२७ चैत, काठमाडाैं । नेपाली कांग्रेसकी सांसद वासना थापाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने बताउनुभएकाे छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचनमा पार्टीको धारणा राख्दै थापाले ठाकुरलाई मतदान दिने बताउनुभएकाे हाे । साथै, उहाँले उपसभामुखले संसदमा कसैलाई पक्षपात नगरी निष्पक्ष भूमिका खेल्ने विश्वास गर्नुभयाे। उनेले कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सरकारलाई राम्रा काम गर्दा समर्थन र संविधान विपरीतका काम गर्दा खबरदारी गर्ने बताउनुभयाे ।
प्रकाशित मिति : 17:49









