२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

२७ चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। मौरिसस भ्रमणमा रहनुभएका खनालले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।

भेटपछि सामाजिक सञ्जालमा तस्बिर राख्दै जयशंकरले बधाई दिएको बताउनुभयो । ‘नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटेर खुसी लाग्यो। मन्त्री पदको नियुक्तिका लागि बधाई दिए,’ उहाँले भन्नुभयो ।

उहाँहरूबीच विभिन्न क्षेत्रमा दुई देशबीच पूर्ण सहकार्यको सम्भावनाबारे छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले पनि दुई मन्त्रीबीच भेटबारे सार्वजनिक गरेको छ। आज र भोलि नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन खनाल मौरिससको पोर्ट लुइसमा हुनुहुन्छ ।

प्रकाशित मिति : 17:36