यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२७ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १३.४६ अंकले घटेर २८३७.७७ को बिन्दुमा बन्द भएको छ । यस दिन ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३३५ कम्पनीका २ करोड १० लाख ८७ हजार ६६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५१ करोड ३२ लाख ९९ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सकाे ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँ, रिडी पावर कम्पनीको ३८ करोड १४ लाख ९७ हजार रुपैँया, सोलु हाइड्रोपावरको ३६ करोड ८२ लाख २ हजार रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको ३१ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:18









