२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२७ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १३.४६ अंकले घटेर २८३७.७७ को बिन्दुमा बन्द भएको छ । यस दिन ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । यस दिन ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३३५ कम्पनीका २ करोड १० लाख ८७ हजार ६६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज ७ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:12