२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त, शपथ आजै

२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दुई मन्त्री नियुक्त गर्नुभएको छ। उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गर्नुभएको हो ।

उहाँहरूले आजै शपथ ग्रहण गर्नुहुनेछ । दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय गरेकाे छैन ।

प्रकाशित मिति : 14:35