२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदयकुमार निरौला नियुक्त

२७ चैत, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ। कम्पनीको ८२ औं बैठकले संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्ने संचालकहरू परिवर्तन गर्दै समिति पुनर्गठन गरेको हो।

कम्पनीले दिएको जानकारी अनुसार संचालक समितिको नयाँ अध्यक्षमा उदय कुमार निरौला नियुक्त हुनुभएको छ। बैठकले निरौलालाइ चैत्र २५ गतेबाट लागू हुने गरी अध्यक्ष चयन गरेको हो।

संचालक समितिमा भएको पुनर्गठन अनुसार साविकका संचालक शेखर गोल्छाको स्थानमा उदयकुमार निरौला नियुक्त हुनुभएको हो ।  त्यसैगरी,शाहिल अग्रवालको स्थानमा दिपेन्द्रकुमार मिश्र र रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई मनोनित गरिएको हो। नयाँ संचालकहरूको कार्यकाल आगामी वार्षिक साधारण सभासम्म रहने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 14:28