राष्ट्र बैंकमा रिक्त २ कार्यकारी निर्देशकमा न्यौपाने र सापकोटा बढुवा
२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जनाको बढुवा भएको छ । राष्ट्र बैंकका निर्देशक हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशकमा बढुवा हुनुभएकाे हाे ।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै दुई निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको जानकारी दिएको हो। बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पदसंख्या दुई पूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरूमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशकलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो।
बिहीबार बढुवा हुनुभएका हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा भने अब रिक्त रहेको डेपुटी गभर्नरका प्रतिस्पर्धी हुनुभएकाे छ । बढुवा भएसँगै हिमप्रसाद न्यौपानेलाई बैंकिङ विभाग र मुक्तिनाथ सापकोटालाई आन्तरिक लेखापरीक्षण विभागको प्रमुखमा पदस्थापन गरिएको छ ।

प्रकाशित मिति : 12:42









