२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

फरवार्ड माइक्रोफाइनान्सले बाेलायाे साधारण सभा, सेयर परिमार्जन मुख्य प्रस्ताव

२७ चैत, काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । चैत २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले वैशाख २१ गते दिनेश स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे १३औं वार्षिक साधारण सभा बोलाएको हो।

सभाले संस्थाको पूँजीबृद्धि योजनाको विशेष प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक र सर्वसाधारणतर्फको सेयर संरचना ७०ः३० अनुपात रहेकोमा संस्थापक सेयरलाई कुल चुक्तापूँजीको १० प्रतिशत सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत, कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आव २०८१ ८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ वैशाख ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : 11:17