रास्वपाले बोलायो संसदीय दल बैठक
२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलकाे बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बाेलाइएकाे महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन लगायत विविध विषयमा छलफल गर्ने बताइएकाे छ ।
उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिनुभएकाे छ ।
प्रकाशित मिति : 10:34









