११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एक बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

२७ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेकाे छ । बैंककाे गत पुस ७ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेकाे हाे।

 मंसिर २२ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ। त्यसपछि अभौतिकीकरण गर्ने सेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर जम्मा गरिने बैंकले जनाएकाे छ ।

बैंकले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूलाई तत्काल आफ्नो सेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। यसो गर्दा मात्र बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति : April 10, 2026 at 9:51 am