नेशनल हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२६ चैत, काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बिहीबार नेप्से ४८.७१ अंकले बढेर २८५१.२४ को बिन्दुमा बन्द भएको छ । यस दिन २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य बटेको छ । यस दिन एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेशनल हाइड्रोपावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 15:16









