उपसभामुखमा श्रम संस्कृतिबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता
२६ चैत, काठमाडौँ । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदमा रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
२५ वर्षिया ठाकुर समानुपातिक प्रणालीबाट सांसद बन्नुभएको हो । उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।
प्रकाशित मिति : 14:11









