४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

२१ कम्पनीलाई तत्काल नवीकरण शुल्क र जरिवाना बुझाउन नेप्सेको आग्रह

२६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले २१ सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क तत्काल शुल्क र जरिवाना बुझाउन आग्रह गरेकाे हाे ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार नेप्सेले वार्षिक नवीकरण शुल्क नबुझाएका २१ कम्पनीलाई बाँकी रकम यथाशीघ्र बुझाउन आग्रह गरेकाे हाे।

नेप्सेका अनुसार सम्बन्धित कम्पनीहरूले ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा नवीकरण शुल्क बुझाउनुपर्नेछ। ५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र सोभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा बाँकी रकममा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : April 9, 2026 at 2:11 pm