२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत

२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ९८ लाख कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरेको ६६ लाख कित्ता सेयर गरी कुल ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलाे काराेबारकाे लागि नेप्सेले कम्पनीलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली शुक्रबार (चैत २७ गते) स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : 13:01