२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

योगेश भट्टराईको कटाक्षः बादल मडारियो, हामी हेरेको हेर्यै भयौं

२६ चैत, काठमाडाैं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष  रामबहादुर थापा ‘बादल’विरुद्ध नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कवितामार्फत कटाक्ष गर्नुभएकाे छ ।

बादलले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ। बादलले पोखरामा आफूले सदनको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी एक्सपोज भएको बताउनुभएकाे थियाे ।

उपमहासचिव भट्टराईले बिहीबार सामाजिक सञ्जालमा छोटो कवितात्मक शैलीमा व्यंग्य गर्नुभएकाे छ ।

यस्तो छ उहाँको कविता-

छोक (छोटकरी कविता)

बादल मडारियो

मुसलधारे वर्षा भयो

जबज निथ्रुक्कै भिज्यो

मदन तीन छक्क पर्नुभयो।

हामी हेरेको हेर्‍यै भयौँ!

(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

प्रकाशित मिति : 11:18