योगेश भट्टराईको कटाक्षः बादल मडारियो, हामी हेरेको हेर्यै भयौं
२६ चैत, काठमाडाैं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’विरुद्ध नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कवितामार्फत कटाक्ष गर्नुभएकाे छ ।
बादलले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ। बादलले पोखरामा आफूले सदनको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी एक्सपोज भएको बताउनुभएकाे थियाे ।
उपमहासचिव भट्टराईले बिहीबार सामाजिक सञ्जालमा छोटो कवितात्मक शैलीमा व्यंग्य गर्नुभएकाे छ ।
यस्तो छ उहाँको कविता-
छोक (छोटकरी कविता)
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो।
हामी हेरेको हेर्यै भयौँ!
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

प्रकाशित मिति : 11:18









