प्रि ओपन सेसनमा साढे २ अंक बढ्यो नेप्से
२६ चैत, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.६५ अंक बढेर २८०५.१८ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४६ स्टकको १०९ पटकको कारोबारमा ४८ लाख ४ हजार ८२३ रुपैयाँ ५९ पैसाबराबरको ५ हजार ५१६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:57









