१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार कित्ता सेयर बिक्रीमा

२६ चैत, काठमाडाैं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : 10:05