दुई कम्पनीको सेयरमूल्य समायोजन
२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर मूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा रहेकाे थियाे ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा प्रभु इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : 09:37













