२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एपोलो हाईड्रो पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२६ चैत, काठमाडौं। एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा चैत ३० गते र ढिलोमा वैशाख १० गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:08