बुधबार एसवाइ प्यानल नेपालसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२५ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
यस दिन एसवाइ प्यानल नेपालको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ८१ लाख ८२ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड १६ लाख ६८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३७ करोड २० लाख ४७ हजार रुपैँया, एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ७० लाख २ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको ३० करोड २५ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : 15:22













