२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट

२५ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:19