१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार

२५ चैत, काठमाडौं । अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसलाई कार्यान्वयनमा लैजाँदै नेपाल स्टक एक्सचेञ्ज लिमीटेड ९नेप्से० ले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने सूचना सार्वजनिक गरेको छ ।

नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक सूचना प्रकाशित गर्दै साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेका कारण सोही अनुरुप नेप्सेको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म साबिककै समयमा सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : 14:33