२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

कानुन व्यवसायीलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुहाङले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

२५ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्वाङले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाइप्रति चासो राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर नेम्वाङले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराउनुभएकाे हाे ।

नेम्वाङ्गले कानुन व्यवसायीहरूलाई नेपाल बार काउन्सिलले जारी गरेको परिचयपत्रका आधारमा सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यानाकर्षण गराउनुभएकाे हाे ।

कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : 13:05