छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ चैत, काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रभु इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोली अर्थात चैत २६ गते बुकक्लोज गर्दैछन्। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रभु इन्स्योरेन्सले वैशाख ९ गते आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तले वैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभामा कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रकाशित मिति : 11:20













