२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

विगतमा सपथ नखाँदै चोटाकोठा चाहर्ने राजदूतहरू प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्दै

२५ चैत, काठमाडौँ । विगतमा नेपालमा रहेका विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्री र मन्त्रीहरूले सपथ नखाँदै घरदैले गरेर चोटाकोठा चाहार्थे तर यस पटक बारम्बार अनुरोध गर्दा पनि एक्लाएक्लै भेट्ने समय पाएनन् । आज प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सबै राजदूतसँग एकै पटक सामूहिक छलफल गर्दै हुनुहुन्छ ।

प्रधानन्त्रीको कार्यभार सम्हालेपछि बालेनले पहिलो पटक विदेशी प्रतिनिधि मानिने राजदूतहरूसँग छलफल गर्न लाग्नुभएको हो । नयाँ सरकारले कुटनीतिक क्षेत्रमा कस्तो व्यवहार देखाउँछ भन्ने चासो र चर्चाका बीच प्रधानमन्त्रीले राजदूतहरूसँग सामूहिक छलफल गर्न लाग्नुभएको हो ।

dainiki.com

राजदूतहरूसँगको छलफलमा परराष्ट्रमन्त्री र मन्त्रालयको टिम समेत रहनेछ । छलफलको सम्पूर्ण तयारी प्रधानमन्त्री कार्याल र परराष्ट्र मन्त्रालयको टिमले गरिरहेको छ ।

प्रकाशित मिति : 07:43