२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

ङादी ग्रुप पावरसहित आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२४ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ।  यस दिन ३४५ कम्पनीकाे ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज  ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड २१ लाख ६२ हजार रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको २३ करोड ५७ लाख २८ हजार रुपैँया, एसवाइ प्यानल नेपालको २३ करोड ४८ लाख ८५ हजार रुपैँया र नेशनल हाइड्रोपावरको २३ करोड ४६ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १५:४०