१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेप्सेमा झिनो अंकको गिरावट, ६ अर्ब ७३ करोडको कारोबार

२४ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ।  यस दिन ३४५ कम्पनीकाे ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ६ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे। यस दिन भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयरमा सकारात्मक सर्किट लागेकाे हो।

एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.०८ प्रतिशत घटेको छ। यस दिन ङादी ग्रुप पावर सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : April 7, 2026 at 3:33 pm