६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२४ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ। यस दिन ३४५ कम्पनीकाे ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ६ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे। यस दिन भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयरमा सकारात्मक सर्किट लागेकाे हो।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १५:३७













