२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेपाल पुनर्बीमाका स्वतन्त्र सञ्चालक पौडेलको राजीनामा स्वीकृत

२४ चैत, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।

उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : 10:37