२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै स्काई लाइन इन्फ्रा

२४ चैत, काठमाडौं । स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आफ्नो आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न विशेष सभा बोलाएको छ ।

चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ११ गते विरगञ्जमा रहेको होटल सरोबरमा साझ ५ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको छ ।

 उक्त सभाबाट कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ । साथै आईपीओसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : 09:36