अर्थमन्त्रीको आश्वासनसँगै बढ्यो नेप्से, ८ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट
२३ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायीहरु पक्राउ पर्न थालेपछि निरन्तर घटेको सेयर बजार, यस दिन अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनसँगै बढ्न पुगेको हो।
साेमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। आज ३४५ कम्पनीका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ८ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको काराेबार भएकाे हाे ।
प्रकाशित मिति : 15:27









