सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा छ, सरकारको ध्यान जाओस्ः रोकाय
२३ चैत, काठमाडाैं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरु बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयाे ।
रोकायले सेयर बजारमा आएको गिरावटले लगानीकर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताउनुभयाे ।
प्रकाशित मिति : 14:15









