२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

सेयर बजारको हितमा सरकारले काम गर्छः अर्थमन्त्री वाग्ले

२३ चैत, काठमाडौं ।  अर्थमन्त्री डा।स्वर्णिम वाग्ले सेयर बजार सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । अर्थमन्त्री वाग्लेले स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा बजारको हितमा सरकारले काम गर्ने बताउनुभएको हो ।

भेटमा बजार प्रवर्द्धनमा सरकार सक्रिय रहने र लगानीकर्ताको मनोबल घट्ने खालका कुनै कार्यक्रम नआउने पनि वाग्लेले स्पष्ट पार्नुभएको छ । अर्थमन्त्री वाग्लेले कुनै पनि लगानीकर्ता र ब्रोकरमाथि प्रतिशोध नसाधिने, व्यवसायीहरूलाई थुन्नेभन्दा सुन्ने नीति नै अपनाइने र विगतमा अध्ययन गरी तयार पारिएका सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अर्थमन्त्रीले पूँजीबजारलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्पत्ति शुद्धिकरण सम्बन्धी कामहरुका कारण लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । अर्थमन्त्रीले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयलाई पनि चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिनुभएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १२:५४