२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अब शनिबार र आइतबार बैंक बन्द, ९ देखि ४ बजेसम्म सेवा लिन सकिने

२३ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ।

मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।

यो व्यवस्था २०८२ चैत २३ गते साेमबारदेखि कार्यान्वयनमा आएकाे छ । नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ। अब ग्राहकले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन्।

 यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ। सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित हुनेछ ।

प्रकाशित मिति : 12:35