अर्थमन्त्री वाग्ले र स्टक ब्रोकर एशोसिएसनबीच भेटवार्ता, के बिषयमा भयाे छलफल ?
२३ चैत, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा विशेष भेटघाट भएको छ । पुँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा छलफल गर्न उक्त भेटघाट आयोजना गरिएको हो ।
आज बिहान भएको भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको सेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटघाटमा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो ।
प्रकाशित मिति : 11:02









