२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

लाभांश प्रस्ताव पारित गर्न युनाइटेड मोदीले बोलायो साधारण सभा

२३ चैत, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०८३ वैशाख २७ गते कालीमाटी ब्यैङ्केट, कालीमाटी, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डि कम्पनीको रुपमा विकास गर्न कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर जारी गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : 10:38