२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

२३ चैत, काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१/८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।

गत पुस ३० गते सम्पन्न कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

गत पुस २१ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको र त्यस मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने बोनस सेयर क्रमशः खातामा जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई कम्पनीले यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले अभौतिकीकरण गरेपछि बोनस सेयर पनि सिधै हितग्राही खातामै प्राप्त गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : 09:43