२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अब बैंकहरू पनि हप्तामा २ दिन बन्द हुने

२३ चैत, काठमाडौं । सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् । सरकारले इन्धनको खपत घटाउन सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक विदा तथा कार्यालय समयका विषयमा नयाँ व्यवस्था गरेको हो ।

अब राष्ट्र बैंकले आफू मातहतका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय तथा इकाईहरुमा साेमबारदेखि नै लागू हुने गरी प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिइने निर्णय गरेको छ ।

कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय चाहिँ बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ ।

प्रकाशित मिति : 09:29