बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
२२ चैत, काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको हो ।
बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाउनुभएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन ।
प्रकाशित मिति : 17:56









