प्रतिकित्ता १०६ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्री, क-कसले किन्न पाउछन् ?
२२ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ ।
उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, निर्धारित समयसीमाभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : 12:39









