सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
२० चैत, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित हुनुभएकाे छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।
गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।
प्रकाशित मिति : 11:34









