२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

युनियन हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बोलायो साधारण सभा

२२ चैत, काठमाडौं । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ६ गते बिहान ११ बजे ललितपुरमा रहेको सिद्धार्थ कटेजमा भौतिक तथा भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

उक्त सभाबाट कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन तथा उद्देश्य थप गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : 11:30