युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने
२२ चैत, काठमाडौं । युनिक फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाबाट कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने तथा सो सम्बन्धमा सम्झौता गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगबारे निर्णय गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १०:४२













