कांग्रेस संसदीय दलको नेता चुन्न निर्वाचन समिति गठन
२० चैत, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। कांग्रेस सभापति गगन थापाले निर्वाचन समिति गठन गर्नुभएकाे हाे।
निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल हुनुहुन्छ ।चैत २४ गते संसदीय दलको नेता चयन गर्ने गरी निर्वाचन समिति कार्यतालिका ल्याउने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १६:२३













