राष्ट्र बैंकले गर्यो दुई मनिचेञ्जरको लाइसेन्स खारेज
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि.र सुपर फाइन मनि चेन्जर प्रा.लिको लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकले तोकिएको समयमा नवीकरण नगरेको भन्दै इजाजतपत्र रद्द गरेको हो । मनिचेञ्जरहरुले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, सो व्यवस्थालाई उल्लघंन गरेका कारण इजाजतपत्र रद्द गरेकाे राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १६:१०













