२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले दिए राजीनामा

२० चैत, काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिनुभएको छ ।  मोरले अध्यक्ष तथा सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा चैत १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

उहाँले गत चैत ६ गते राजीनामा पेश गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १४:३८