एमालेको सचिवालय बैठक जारी
२० चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसेको हो।
यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।
सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । बादलले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै पदाधिकारीहरूबाटै माग भएपछि आज आकस्मिक बैठक राखिएको छ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १४:२९













