२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप

२० चैत, काठमाडौँ । कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप लागेको छ ।  आफ्नै साथीको छोरी माथि बलेले बलात्कार गरेको अभियोग लागेको हो । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले लम्सालबाट आफू बलात्कारमा परेको  भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पीडा व्यक्त गर्नुभएको छ ।

dainiki.com

युवतीले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो जीवनको अत्यन्त कठिन समयमा आफूले विश्वास गरेका व्यक्तिबाट नै बलात्कारमा परेको उल्लेख गर्नुभएको छ । सानैदेखि डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहनुभएको उहाँ अमेरिका पुगेपछि मानसिक अवस्था झन् जटिल बनेको थियो । सोही क्रममा उहाँ अस्पतालमा समेत भर्ना हुनुपरेको उल्लेख छ। अस्पतालबाट डिस्चार्ज भएपछि केही परिचित व्यक्तिहरूसँग भेटघाट भएको र त्यही क्रममा आफूले ‘दाइ’ भनेर विश्वास गरेका बलेले अपार्टमेन्टमा गई बलात्कार गरेको उहाँको भनाइ ।  पीडितले फेसबुकमा लेख्नुभएको स्टेटस ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०९:४९