२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

हाइटेक पार्टी दाबी गर्ने एमालेको वेबसाइटमा बादलको हैसियत अझै वृद्धि भएन

२० चैत, काठमाडौँ । आफूलाई हाइटेक पार्टी दाबी गर्ने एमालेले आफ्नो वेबसाइटमा तीन दिनसम्म पनि पार्टीको कार्यबाहक अध्यक्ष भएको जानकारी दिएको छैन । संसदीय दलको नेतामा चयन भएको समाचार दिए पनि एमालेले कार्यबाहक अध्यक्षको जानकारी पनि दिएको छैन भने वेबसाइटमा अध्यावधिक पनि गरेको छैन ।

नवौँ महाधिवेशनमा ड्रोनबाट उद्घाटन गरेर हाइटेक रहेको दाबी गरेको एमाले पार्टी अध्यक्ष ज्यान मुद्दामा प्रहरी हिरसातमा पुगेसँगै सुस्ताएको देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको तीन दिन भएको छ । तर एमालेले वेबसाइट मार्फत यसको जानकारी दिन सकेको छैन । एमालेका हजरौँ कार्यकर्ताले तिर्ने सदस्यता शुल्कको पैसा एमालेले कार्यालयको साैन्दर्यकरण र वेबसाइटको सौन्दर्यकरणमा खर्च गर्दै आएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०६:४१